एमालेले रोक्यो गण्डकीको बजेट अधिवेशन 

फाइल तस्वीर
फाइल तस्वीर

गण्डकी प्रदेशको हिउँदे अधिवेशन स्थगित भएको छ। विपक्षी एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको हो।

एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको स्पष्टिकरण माग्दै एमालेले सदन रोकेको हो।

असारको दोश्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो। यो रकम नातागोता र कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको आरोप लगाएको छ।

पुर्व सरकारका प्रवक्ता तथा मन्त्री रहेका सांसद रामशरण आचार्यले रकमान्तर गर्नुको कारण माग गरेका छन्। संसदमा समय मागेर बोल्दै योजना छनौट हुनुको कारण खुलाउन भनेका छन्।

एमाले सांसद रामशरण बस्नेतले यसको फेहरिस्त नआउँदासम्म सदन अघि बढ्न नसक्ने बताएका छन्। उनले असार मसान्तमा बजेट छलफल थाल्नु षड्यन्त्र गरिएको समेत आरोप लगाएका छन्।

असार १ गते बजेट ल्याएपछि अहिलेसम्म संसद चलेको थिएन। ११ बजे बजेटमाथि छलफल सुरु गर्ने कार्यसुची अनुसार बैठक सुरु हुने बित्तिकै एमालेले उठेर विरोध जनाएका थिए।

सभामुख नेत्रनाथ अधिकारीले दिउँसो १ बजेसम्मको लागि बजेट बैठक स्थगित भएको जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2021-07-11 12:12:00

प्रतिकृया दिनुहोस्