किन गलत छ दुई वर्षभन्दा कम उमेरका बच्चाका आमालाई वैदेशिक रोजगारीमा जानबाट रोक्ने निर्णय?

हिमाल खबर

काठमाडाैं

उपासना खड्का

 

वैदेशिक रोजगारीमा जान चाहने महिलाका लागि नेपाल सरकारले विभिन्न किसिमका प्रतिबन्धहरू लगाउँदै आएको छ। कहिले उमेरमा प्रतिबन्ध, कहिले पूर्ण प्रतिबन्ध, कहिले देशविशेष प्रतिबन्ध त कहिले क्षेत्रगत प्रतिबन्ध लगाउने गरिएको छ।

यी सबैमाझ चितवनको रत्ननगर नगरपालिकाले अझै एक कदम अघि बढेर दुई वर्षभन्दा कम उमेरका बच्चा भएका महिलालाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाइदिएको छ। ३१ साउनबाट यो व्यवस्था कार्यान्वयनमा आउँदै छ। 

यसअघि महिलाको उमेर अनुसार प्रतिबन्ध लगाइएको थियो, यसपालि पहिलो पटक बच्चाको उमेरलाई मापदण्ड बनाएर महिलाहरूलाई वैदेशिक रोजगारीमा जान रोक लगाइएको छ। महिलाको सुरक्षालाई देखाएर प्रतिबन्ध लगाउने गरिएकोमा यसपालि बालअधिकार रक्षाका लागि यसो गरिएको बताइएको छ।

 

“आमा विदेशिएपछि बच्चाले स्तनपान लगायत मातृसेवा पाउँदैन, त्यो अवस्था नआओस् भन्नका लागि यो निर्णय गरिएको हो,” रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल भन्छन्, “जन्मपछिका केही वर्ष महत्त्वपूर्ण हुन्छन्, त्यसले व्यक्तित्व विकासमा चिरस्थायी प्रभाव पार्छ।”

यस्तो नीति ल्याउने नेपाल पहिलो देश होइन। सन् २०१३ मा श्रीलंकामा यस्तै व्यवस्था सार्वजनिक गरिएको थियो, जसमा वैदेशिक रोजगारीमा जान चाहने ४५ वर्षभन्दा मुनिका महिलाले फेमली ब्याकग्राउन्ड रिपोर्ट (एफबीआर) बुझाउनुपर्ने उल्लेख छ।

साथै, पाँच वर्षभन्दा कम उमेरका सन्तान भएका महिलाहरू वैदेशिक रोजगारीमा जान नपाउने र पाँच वर्षभन्दा माथिका छोराछोरी भएमा तिनको हेरचाहका लागि राम्रो प्रबन्ध छ भनेर पुष्टि गराएपछि मात्रै जान मिल्ने व्यवस्था एफबीआरमा छ। नेपालमा झैं त्यहाँ पनि उमेरमा हदबन्दी छ।
 

प्रकाशित मिति: : 2021-07-11 12:20:00

प्रतिकृया दिनुहोस्