ती ओली, यी देउवा

अनलाइनखबर

काठमाडौं

‘प्रकृतिका हरेक प्राणीहरू अद्वितीय हुने भएकाले एकसँग अर्कोको तुलना गर्नु उचित हुँदैन।’ यो भनाइ हो पूर्व राजा वीरेन्द्रको। पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालले आफ्नो आत्म संस्मरणमा वीरेन्द्रको यो भनाइसहितको प्रसङ्ग उल्लेख गरेका छन्।

प्रकृति फरक छ। बगैंचामा रहेका फूलहरू एकअर्कासँग प्रतिस्पर्धा गर्दैनन्। उनीहरू केबल फूल्छन् मात्र। तर सर्वश्रेष्ठ प्राणी जिकीर गर्ने मान्छेले भने फरक स्वभावको विकास र अभ्यास गर्दै आइरहेको छ। पूर्वराजा वीरेन्द्रले तुलना गर्नुलाई जायज नभने पनि हाम्रो समाजमा यस्ता तुलना भइरहेका हुन्छन्।

केपी शर्मा ओली सरकारबाट बाहिरिएसँगै नयाँ प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण भएको छ। सामाजिक सञ्जालहरूमा ओली र देउवाको तुलना हुन थालेको छ। यो क्रम यसअघि पनि चलिरहेकै थियो।

जतिबेला ओलीका विभिन्न क्रियाकलापहरुको प्रारम्भिक टिप्पणी गर्दै कतिपयले उनलाई ‘भष्मासुर प्रवृत्ति’को संज्ञा दिइरहेका थिए, त्यतिबेला प्रमुख प्रतिपक्षी दलको हैसियतमा देउवा संवैधानिक निकायको नियुक्तिमा भागबण्डा खोजिरहेका थिए। केही समय अगाडिसम्म ओली र देउवा सँगसँगै थिए। संसद र सडकमा नभेटिने प्रमुख प्रतिपक्षी दलका नेता बालुवाटारतिर भेटिन्थे।

प्रकाशित मिति: : 2021-07-15 10:58:00

प्रतिकृया दिनुहोस्