काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा, काठमाडौं आउन पास नचाहिने

कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन दश गतेसम्म थप गरिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रमुख जिल्ला अधिकारीहरूको बिहीबारको बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको छ।

शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ। काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ। यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो।

त्यस्तै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन्। अन्य आदेश र प्रावधानहरु साविककै कायम रहने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

प्रकाशित मिति: : 2021-07-15 16:58:00

प्रतिकृया दिनुहोस्