लोकतन्त्रको क्षयीकरण, तेस्रो पुस्ताको बकवास र सामूहिक असफलताको पीडा

अनलाइनखबर

डम्बर खतिवडा

वर्ग, वर्ण, लिङ्ग, क्षेत्र, नश्ल, समुदाय, सभ्यता र शैक्षिकरप्राविधिक प्रारुपजस्तै ‘पुस्ता’ एक बलियो सामाजिक प्रवर्ग वा राजनीतिक अवधारणा हो। पुस्ताको मुख्य आधार उमेर वा समयावधि नै हो। औसत १० वर्ष अर्थात् १–२० वर्ष अवधिमा अभिव्यक्त हुने सोच र शैलीको भिन्नपन वा प्रवृत्तिगत मौलिकतालाई ‘पुस्ता’ मान्न सकिन्छ।

तर पुस्ता जैविक उमेर मात्र भने हैन। पुस्ता मान्छेले बाँच्ने औसत समय मात्र पनि हैन। पुस्ता एक विचार, एक प्रवृत्ति हो। पुस्ता एक कर्तव्य र दायित्व, एक विद्रोह र क्रान्ति हो। पुुस्ता एक विध्वंश र विनिर्माण, एक रचना र सृजना हो। यी कुनै चिज देखिएन भने उमेर वा समयाअधि बितेर त्यो पुस्ता हुँदैन, मानिँदैन। पुस्ता कुनै खास समयमा जन्मिएका त्यस्ता मान्छेहरूको समूह हो, जसले इतिहासलाई पुनर्आकारित गर्दछन्। कुनै नयाँ सोच, शैली र प्रवृत्ति दिन्छन्।

सन्तान दरसन्तानको जैविक प्रक्रियाले पुस्तालाई जन्म र उमेरको निरन्तरतामा हेर्दछ। आर्थिक, सामाजिक, राजनीतिक तथा वैचारिक दृष्टिविन्दूले भने पुस्तालाई औचित्यमा हेर्दछ। हरेक पुस्ताका लागि इतिहासले केही न केही दायित्व, केही न केही कर्तव्य दिएको हुन्छ। जसले त्यो कर्तव्य पूरा गर्दछ, त्यो पुस्ता बन्दछ। अन्यथा उमेर समूहमा सीमित हुन्छ। केवल उमेरले नयाँ पुस्ता प्रमाणित हुँदैन, त्यसलाई विचार र कर्मको मौलिकताले सिद्ध गर्नु पर्दछ। कार्ल मेन्हेमका शब्दमा ‘उमेर र समय पुस्ताको मात्रात्मक पक्ष हो, गुणात्मक पक्ष त्यसले इतिहासमा छोड्ने मौलिक छाप हो।’

प्रकाशित मिति: : 2021-07-18 17:21:00

प्रतिकृया दिनुहोस्