टोकियो ओलम्पिक: नेपालका एलेक्सकले आज प्रतिस्पर्धा गर्दै

File photo
File photo

जापानकाे टाेकियाेमा जारी ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा नेपाली खेलाडी एलेक्स शाह आज प्रतिस्पर्धा गर्ने भएका छन्।

उनले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। उनको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मिनेटमा सुरु हुनेछ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट एकमा रहेका छन्। सात खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, ओलम्पिकमा सहभागी अर्की खेलाडी गौरिका सिंहले भने बुधबार प्रतिस्पर्धा गर्नेछिन्। उनले महिला ए सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन्। यसअघि  नेपालका दुई खेलाडी बाहिरिसकेका छन्। 

प्रकाशित मिति: : 2021-07-27 07:05:00

प्रतिकृया दिनुहोस्