फुटबल विंगर मार्क अल्ब्राईटनले क्लब लेष्टर सिटीसँग सम्झौता नवीकरण गरेका छन्।
३१ वर्षीय मार्कले सन् २०२४ सम्म क्लबमै बस्ने गरि सम्झौता नवीकरण गरेका हुन्।उनले लेष्टरबाटै प्रिमियर लिग र एफए कप जितिसकेका छन्।
उनी सन् २०१४ देखि लेष्टरमा अनुबन्धित छन्। उनले अहिलेसम्म लेष्टरका लागि २ सय ५३ खेल खेलिसकेका छन्।