मित्रहरू ! पाखण्डको पनि सीमा हुन्छ

अनलाइनखबर

डम्बर खतिवडा

‘लाल-बुझक्कड’ प्रामाणिक पात्र हैनन्। ‘लाल-बुझक्कड’ का कविता र कथाहरू कसरी, कहाँबाट, कहिले बने, प्रष्ट छैन। तर जनश्रुतिमा भने उनी प्रामाणिक राजा-महाराजा, सन्त, कवि र कथाकार भन्दा कम लोकपि्रय र स्थापित छैनन्।

भनिन्छ लाल-बुझक्कड प्राचीन भारत वर्षको कुनै गाउँका प्रधानपञ्च थिए। आम जनसमुदाय अनपढ र अशिक्षित भएको समय थियो, त्यो। जनता अनेक समस्या र नसुल्झिएका रहस्य लिएर उनीसामु जान्थे। उनी जनसमुदायलाई ‘म सबैथोक जान्ने मान्छे हुँ’ भन्ने भ्रम दिन अनेक नाटक र अभिनय गर्थे। अनेक रोचक अड्कलबाजी र अर्थ निर्माण गर्थे।

एकपटक मध्यरातमा गाउँको बाटो हुँदै हात्तीको हूल हिंड्यो। सारा गाउँ सुतेको थियो, हात्ती हिंडेको कसैले सुइँको पाएन। त्यो गाउँको छेउछाउमा हात्ती हुँदैनथ्यो। गाउँले कसैले हात्ती देखेका, हात्तीबारे जानेका, सुनेका थिएनन्।

भोलिपल्ट बिहान गाउँको बाटो र खेतबारीमा हात्तीका खुट्टाका ठूल्ठूला डोब वा छाप देखेर गाउँले आश्चर्यचकित भए। हिजो साँझसम्म यस्तो थिएन। आज बिहान एकाएक यो के भयो ? कसैले बुझ्न, बताउन सकेनन्। जिज्ञासायुक्त गाउँले भेला भएर प्रधानपञ्च ‘लाल-बुझक्कड’ कहाँ गए। उनीहरूले हात्तीको हूलले छोडेका छापहरू देखाए। सोधे- लाल-बुझक्कडज्यू ! यो के हो ? हाम्रो गाउँमा आज राति के भयो ? कसरी यी डोबहरू बने ?

प्रकाशित मिति: : 2021-08-01 10:35:00

प्रतिकृया दिनुहोस्