मदन पौडेलको अध्यक्षतामा ५१ सदस्यीय तनहुँ-काठमाडौं सम्पर्क मञ्च गठन

नेकपा माओवादी केन्द्र तनहुँ काठमाडाैं जनसंपर्क मञ्चको छैठौ भेलाले युवा नेता मदन पौडेलको अध्यक्षतामा ५१ सदस्यीय सम्पर्क मञ्चको गठन गरेको छ।

आयोजक समितिको संयोजक शंकर जोशीको अध्यक्षतामा शनिबार बसेको उक्त भेलाबाट ५१ सदस्यीय तनहुँ-काठमाडाैं जनसंपर्क कमिटी निर्माण गरेको हो।

भेलामा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी इंचार्ज तथा स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए। नेता पौडेलले जनवादी क्रान्ति र संसदीय अभ्यासको समझौताबाट अहिलेको अवस्थासम्म आएको बताएका छन्। साथै सबैले आत्मसमीक्षा गर्दै जनतासँग माफी माग्दै समाज रूपांतरण गर्ने दिशामा अगाडी बढ्नु पर्ने बताए।

भेलामा माननीय आशा कोइरालाले जनयुद्धबाट प्राप्त गरेको उपलब्धीलाई रक्षा गर्नुपर्ने धारणा राखेका थिए। उनले माओवादी केन्द्रको प्रमुख एजेण्डा जनयुद्धबाट उपलब्धि गरेका शान्ति, संविधान र अहिलेको ब्यबस्था अनुरूप अन्य पार्टीले चलाउन नसकेकोले माओवादी कै नेतृत्व जरूरी भएको बताइन्।

नेता पौडेलले देशले फेरि पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आवश्यकता महसुस गरेको बताएकी थिइन्।

भेलामा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल, संपर्क समन्वय समिति संयोजक तथा केन्द्रीय सदस्य प्रलाद बुढाथोकी, केन्द्रीय सदस्य सुरेश आलेमगर, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद आशा कोइराला, गण्डकी प्रदेश संपर्क कमिटी अध्यक्ष तारा कुमाल लगायतका नेताहरुले सभालाई सम्बोधन गरेका थिए।

त्यस्तै कार्यक्रममा नवनिर्वाचित मञ्चका अध्यक्ष पौडेलले नेपाली जनताको लामो सघर्ष र बलिदानबाट निर्माण भएको नेपालको संविधानलाई केही विदेशी र घरेलु प्रतिक्रियावादी शक्तिले घोषणा भएकै दिनबाट चिथोर्न खोजेको बताए।

'देशका युवाहरु सधैं आन्दोलन र सघर्ष गर्नुपर्ने हाम्रो नियति हुन पुगेको छ। जनयुद्ध र जन अन्दोलनबाट ब्यवस्था परिवर्तन भए पनि जनताले परिवर्तनको अनुभुति गर्न पाएका छैनन्।', उनले भने।

उनले अहिलेको व्यवस्थाको मुल लिगेसि माओवादी आन्दोलन र नेतृत्वमा भएको कारण माओवादीले मात्र समृद्ध देश बनाउन र जनताको समस्याको समाधान गर्ने धारणा ब्यक्त गरेका थिए।

आगामी दिनमा संगठनलाई विधि र पद्दतिमा सञ्चालन गर्दै भ्रष्ट, ब्यक्तिवादी र स्वार्थी बन्दै गरेको पार्टी र आन्दोलनलाई ठिक बाटोमा हिँडाउनु आजको आवश्यकता भएको औल्याए।

'यसैको लागि मेरो नेतृत्वमा यस तनहुँ-काठमाडौ सम्पर्क मन्चले कार्य गर्नेछ, पार्टी र क्रान्तिको खातिर देश र जनताको सेवामा सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गर्दछु।', उनले भने।

साथै राष्ट्रिय पुजीको विकास गरि उत्पादन र रोजगारीमा वृद्धि गर्नुपर्ने आवश्यकता भएकोले आम युवा पङ्तिलाई फरक-फरक भूमिमा बगाएको रगत पसिना आफ्नै भूमिमा बगाउ समृद्धि हासिल हुने र समाजवादी बाटोमा आगाडि बढन सकिने उनले बताए।

साथै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा खनाल कोइराला, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अरबिन्द्र भट्टराई, सुदिन पौडेललगायतका सहभागिता नेताहरुले नव निर्वाचित सम्पर्क समितिका सदस्यलाइ बधाई र सफल कार्यकालको शुभकामना दिदै दत्तचित्त भएर पार्टी र जनताको काममा लाग्न आग्रह गरेका थिए।

प्रकाशित मिति: : 2021-08-01 14:07:00

प्रतिकृया दिनुहोस्