महाकालीमा बर्सेनि बेपत्ता हुन्छन् व्याँसका बासिन्दा, लालाबालाको विचल्ली

अनलाइनखबर

काठमाडौं

शुक्रबार बिहान दार्चुलाको व्याँस गाउँपालिका-२ का जयसिंह धामी वैदेशिक रोजगारीका लागि संघीय राजधानी काठमाडौं जान घरबाट हिंडेका थिए । परिवारसँग छुटिने क्रममा उनले श्रीमतीलाई आफ्नो योजना सुनाउँदै छिट्टै फर्किने आश्वासन दिएका थिए ।

‘कुनै राम्रो देशको भिसा लागेपछि म विदेश जान्छु नभए काठमाडौंमै काम गर्छु, विदेश गएन भने गौरा पर्व मनाउन घर फर्किहाल्छु, चिन्ता नलिनू,’ जयसिंहले श्रीमतीलाई भनेका थिए, ‘फोनमा कुराकानी भइहाल्छ । घर आउने बेला तिमी र छोराछोरीका लागि राम्रा-राम्रा लुगा ल्याइदिन्छु ।’ यति भनेर निधारमा रातो टीका थाप्दै जयसिंह श्रीमती, पाँच वर्षीय छोरा र छोरीसँग बिदा भए ।

भारतको बाटो भएर सदरमुकाम खलंगा, खलंगाबाट बसमार्फत काठमाडौंको यात्रा तय गर्न गाउँकै बिक्रम रंगोली र अनिता धामीसँगै उनी महाकाली नदीतिर लागे । व्याँस गाउँपालिका-२ स्थित मालघाटमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले फलामे डोरी निकालिदिएपछि उनी महाकालीको भेलमा खसे । महाकालीको भेलमा जयसिंह त बगेबगे । परिवारको आशाको दियो पनि सधैंका लागि निभ्यो ।

प्रकाशित मिति: : 2021-08-03 09:04:00

प्रतिकृया दिनुहोस्