एकै दिन ४१०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

नेपालमा गएको २४ घन्टामा ४ हजार १०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १६ हजार २९८ जनाको नमुना परीक्षण गर्दा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा १ हजार ५३५ जना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा अहिलेसम्म ६ लाख ६१ हजार ६५१ जना सङ्क्रमणबाट मुक्त भएका छन्।

यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट ३५ जनाको निधन भएको छ। आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ९ हजार ९५७ जनाको ज्यान गएको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ४६४ रहेको छ। 

प्रकाशित मिति: : 2021-08-04 16:54:00

प्रतिकृया दिनुहोस्