ज्यानकै परवाह गरेका छैनौं, पद त आवधिक न हो : महन्थ ठाकुर

अनलाइनखबर

जनकपुरधाम

 

श्रवण देव

 

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाएपछि पार्टीविहीन जस्तै अवस्थामा पुगेका महन्थ ठाकुर मधेश झरेका छन् ।

तराई/मधेशको अधिकारका लागि भन्दै नेपाली कांग्रेस परित्याग गरी आन्दोलनमा होमिने नेता हुन् महन्थ ठाकुर । कांग्रेसबाट बाहिरिएपछि तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका ठाकुरले मधेशमा सक्रिय ६ दल मिलाएर राष्ट्रिय जनता पार्टी (राजपा) बनाए । त्यसपछि राजपा र समाजवादी पार्टीसँग एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो । तर पार्टीम विवाद बढ्दै जाँदा दुई पक्षबीचको आधिकारिता विवादमा उनी पराजित भए ।

आफ्नै पार्टीको बहुमत पक्षले ‘प्रतिगमनकारी’सँग साँठगाँठ गरेको आरोपमा कारबाही गरेको छ । जनकपुरमा भेटिएका ठाकुरले भने ‘हामी ठीक छौं । अनलाइनखबरसँगको कुराकानीमा उनले ‘हामी सरकारमा गएर गल्ती गरेका छैनौं’ भनेर जनतालाई भन्न मधेश आएको सुनाए ।

आफू कमजोर नभएको बरु, जनमन्थनबाट शक्ति आर्जन गर्नेसमेत ठाकुरले सुनाएका छन् । उनीसँग अनलाइनखबरकर्मी श्रवण देवले गरेको संक्षिप्त कुराकानी :

प्रकाशित मिति: : 2021-08-05 22:00:00

प्रतिकृया दिनुहोस्