थपिए ३२१८ जना कोरोना संक्रमित, १९ जनाको मृत्यु

नेपालमा गएको २४ घन्टामा ३ हजार २ सय १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो समय १३ हजार ५७३ जनाको नमुना परीक्षण गर्दा ३ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा १ हजार ७ सय २२ जना सङ्क्रमणबाट मुक्त भएका छन्। त्यस्तै सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट १९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १० हजार ३८ जनाको ज्यान गएको छ।

प्रकाशित मिति: : 2021-08-07 17:20:00

प्रतिकृया दिनुहोस्