प्रदेश १ मा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

एक हजार ६२० को पिसिआर परीक्षण गर्दा ५२८ र एक हजार ७५३ को एन्टिजेन परीक्षण गर्दा ५४३ गरी एक हजार ७१ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १८१ मध्ये विराटनगरमा ४२, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा पाँच, उदयपुर र सङ्खुवासभामा तीन/तीन, पाँचथर र भोजपुरमा दुई/दुई र प्रदेश बाहिरका छ जनामा सङ्क्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ४५५ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २२२ महिला र २३३ पुरुष छन्। सोही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-10 18:09:00

प्रतिकृया दिनुहोस्