थप ३९१५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

नेपालमा थप ३ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

विगत २४ घण्टामा १८ हजार ५८२ जनामा नमूना परीक्षण गरिएकोमा ३ हजार ९१५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा २ हजार ११८ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै कूल ६ लाख ७९ हजार ४९५ जना सङ्क्रमणमुक्त भएका छन्।

यस्तै विगत २४ घण्टामा कोभिडका कारण २७ जनाको निधन भएको छ। अहिलेसम्म कूल १० हजार २३९ जनाको कोरोना सङ्क्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-08-13 16:51:00

प्रतिकृया दिनुहोस्