कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र शाक्यद्वारा सर्वोच्चमा रिट दर्ता 

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै शाक्यले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

उनले आफूलाई अपमानजनक ढंगले हटाइएको भन्दै सोही पदमा काम गर्नका लागि अन्तरिम आदेश माग गरेका छन्।

सर्वोच्चका अनुसार रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेका छन्।

साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। 

प्रकाशित मिति: : 2021-08-16 16:37:00

प्रतिकृया दिनुहोस्