युरोपियन सुपर लिगबाट निस्किएर ईसीएमा आबद्द भए ६ क्लब

युरोपियन सुपर लिग (ईएसएल) नामक नयाँ प्रतियोगिताको संस्थापक सदस्य रहेका ६ इंग्लिस क्लब फेरि युरोपियन क्लब एसोसियन (ईसीए)सँग जोडिएका छन्।

म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिदै ईसीएको सदस्यता लिएका हुन्। यससँगै उनीहरु अब सन् २०२३ सम्म ईसीएको सदस्य रहनेछन्।

अब बार्सिलोना, रियल मड्रिड र युभेन्ट्स मात्र संस्थापक क्लबमा रहेका छन्।

प्रकाशित मिति: : 2021-08-17 06:18:00

प्रतिकृया दिनुहोस्