इटालियन मिडफिल्डर म्यानुएल लोकाटेली युभेन्ट्समा अनुबन्धित भएका छन्।
युभेन्ट्सले बुधबार मिडफिल्डर लोकाटेली अनुबन्ध गरेको जनाएको हो। २३ वर्षीय लोकाटेलीले अब पाँच वर्षसम्म युभेन्ट्समा रहनेछन्। उनले २७ नम्बरको जर्सी लगाउने बताइएको छ।
यसअघि उनी सासोउलो क्लबबाट खेल्दै आएका थिए। युरोमा उनले ५ खेलमा २ गोल गरेका छन् भने इटालीका लागि १५ खेल खेलिसकेका छन्।