युडिनेजीसँग बराबरीमा रोकियाे युभेन्ट्स

Photo : SBSsportos.com
Photo : SBSsportos.com

'इटालियन सिरी ए' फुटबलको पहिलो खेलमा युडिनेजीसँग युभेन्ट्स बराबरीमा रोकिएको छ।

आइतबार राति भएको खेलमा युभेन्ट्स २-२ गोलको बराबरीमा रोकिएको हो।

खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। २३ औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए।

यस्तै खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि गोलको मान्यता नपाउदा युभेन्ट्स जित निकाल्न सकेन।

युभेन्ट्सले र युडिनेजीले पहिलो खेलमा १-१ अंक जोडेका छन्।
 

प्रकाशित मिति: : 2021-08-23 06:20:00

प्रतिकृया दिनुहोस्