एएफसी महिला एसियन कप-२०२२ छनोट खेलकाे लागि नेपाली महिला टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेकाे अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे छ।
एन्फाले घोषणा गरेको टिममा ६ खेलाडी नयाँ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् भने टिमबाट अमिशा कार्की,अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएकी छिन्।
बन्दसत्रमा रहेका २८ जना खेलाडी मध्येबाट २३ जना छनाेट गरिएकाे एन्फाले जनाएकाे छ।
एन्फाका अनुसार मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ, सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टिममा परेकी छिन्।
उज्वेकिस्तानमा आयोजना हुने छनोटमा नेपाल समूह एफ मा रहेको छ। नेपालले सेप्टेम्बर १८ (असोज २) फिलिपिन्ससँग पहिलाे खेल खेल्नेछ।
छनाेट खेलाडीकाे सूची
अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह।