एमबाप्पेकाे लागि पीएसजीलाई रियल मड्रिडकाे नयाँ प्रस्ताव

Photo : Getty
Photo : Getty

युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको लागि रियल मड्रिडले पीएसजीसँग नयाँ प्रस्ताव राखेको छ।

रियलले एमबाप्पे अनुबन्धका लागि १ सय ७० मिलियन युरोको प्रस्ताव गरेको जनाइएको छ। यस्तै १० मिलियन बोनसको समेत दिइने बताइएकाे छ।

यस अघि रियलले १ सय ६० मिलियन युरोको आधिकारिक प्रस्ताव गरेको थियो। तर, रियलको पहिलो प्रस्ताव पीएसजीले अस्विकार गरेको थियो।

पीएसजी भने तत्काल एमबाप्पे नबेच्ने योजनामा रहेको बताईएको छ। एसजीसँग एमबाप्पेको सम्झौता अर्को वर्ष सकिँदैछ।

एमबाप्पे सन् २०१७ मा मोनाकोबाट पीएसजी आएका थिए। 

प्रकाशित मिति: : 2021-08-27 06:22:00

प्रतिकृया दिनुहोस्