राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव ह्वाटमोरले पदबाट राजीनामा दिएका छन्। आईसीसी विश्वकप लिग–२ का लागि ओमान भ्रमणमा रहेका ह्वाटमोरले शुक्रबार राजीनामा दिएका हुन्।
वाटमोरले ओमान भ्रमणपछि आफूले प्रशिक्षकको जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जानकारी गराएको नेपाल क्रिकेट संघले जनाएकाे छ। क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।
क्यानसँग एक वर्षकाे सम्झौता गरेका उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन्। उनले काेराेना महामारीका कारण निरन्तरता दिन नसकेकाे बताएकाे क्यानले जनाएकाे छ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा छ।