राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ।
बोर्डको आज बसेको बैठकले भदौं ३० गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए।
बोर्डले आजै परीक्षातालिका समेत सार्वजनिक गरेको छ। उनले संक्रमण घट्दै गएपछि परीक्षा गर्न थालिएको बताए।
यसअघि कोरोना भाइरस संक्रमणको कारणले साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा स्थगित गरिएको थियो। संक्रमण घट्दै गएपछि यही भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरिएको छ।
परीक्षा होमसेन्टरमा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ।