रोनाल्डोले ताेडे अली दाइकाे कीर्तिमानी

Photo : Goal.com
Photo : Goal.com

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले बुधबार राति अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका छन्।

उनले इरानका महान फुटबल खेलाडी अली दाइकाे कीर्तिमान तोडेका हुन्।

बुधबार राति भएकाे विश्वकप छनोटमा उनले पोर्चुगलबाट दुई गाेल गर्दा आयरल्यान्ड परानित बन्याे। जुन् रोनाल्डोकाे लागि १ सय ११औं गोल थियाे।

सन् १९९३ देखि २००६ बीच इरानका लागि अली दाइले १ सय ९ गोल गरेका थिए। अली दाइकाे रेकर्ड ताेड्दै उनले नयाँ कीर्तिमानी कायम गरेका हुन्।

उनले सर्जियो रामोसको नाममा रहेको आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको कीर्तिमानी पनि बराबरी गरेका छन्।

प्रकाशित मिति: : 2021-09-02 07:53:00

प्रतिकृया दिनुहोस्