नेपाली सेनाले सैन्य पदका लागि विज्ञापन प्रकाशित गरेको छ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभाग जंगी अड्डाले आज (शुक्रबार) बिहान एक सूचना प्रकाशित गर्दै नेपाली सेनाका लागि चार हजारभन्दा बढी पदमा दरखास्त आह्वान गरेको हो।
सूचनाका अनुसार खुल्लातर्फ २०९६ जना, कर्तव्य पालनाका सिलसिलामा अशक्त वा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका तर्फबाट १०८ जना, समावेशीतर्फ महिला ३६०, जनजाती ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएका क्षेत्रबाट ८५ जना गरी जम्मा चार हजार जनाका लागि विज्ञापन निकालेको हो।
आगामी असोज १६ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ।