१२६८ नयाँ संक्रमित थपिँदा नाै जनाको निधन

कोभिड १९ भाइरसको संक्रमण आज एक हजार २६८ जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८७५ जनामा परीक्षण गर्दा एक हजार २६८ जनामा संक्रमण देखिएको हो। सक्रिय सङ्क्रमित ३१ हजार ८२६ जना रहेका छन्।

संक्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन्। अहिलेसम्म सात लाख २५ हजार ६५१ जना निको भइ घर फर्किएका हुन्।

शुक्रबारको तुलनामा निको हुने दर आज बढेको छ। आज निको हुने दर ९४.५ प्रतिशत पुगेको छ। शुक्रबार निको हुने दर ९४.३ प्रतिशत थियो।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको निधन भएको छ। निधन हुनेको संख्या यो महिनाकै कम हो। शुक्रबार २३ जना संक्रमितको निधन भएको थियो।

अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ। नेपालमा प्रतिदश लाखमा ३६४.६ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ।

प्रकाशित मिति: : 2021-09-04 17:22:00

प्रतिकृया दिनुहोस्