नेशनल च्याम्पियनसिपकाे लागि डाेल्पाका दुई खेलाडी बन्द प्रशिक्षणमा 

Breaknlinks
Breaknlinks

हिमाली जिल्ला डाेल्पाका मार्सलआर्ट्सका दुई खेलाडी बन्द प्रशिक्षणमा जुटेकाछन्।

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघले आगामी असोज ८ र ९ गते काठमान्डौँमा सञ्चालन गर्न लागेकाे नेशनल च्याम्पियनसिपको लागि प्रशिक्षणमा जुटेका हुन्।

च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न मुड्केचुला गाउँपालिका वडा नं ६ बस्ने राष्ट्रिय खेलाडी तारा शाही र त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ९ बस्ने दत्त बुढा छनाेटमा परेका छन् ।

दुबै जनाले कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा प्रशिक्षण लिइरहेका छन्।

खेलाडीहरुकाे मनाेबल उच्च राख्दै प्रशिक्षण अब्बल बन्न निरन्तर प्रशिक्षण लिईरहेकाे केन्पो खुकुरी मार्शलआर्ट्स संघ डोल्पाका अध्यक्ष निशान धरालाले जानकारी दिए।

प्रशिक्षणमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरुको सहभागीता रहेको धरालाकाे भनाइ छ।  खेलाडी शाही यसअघि पनि विभिन्न राष्ट्रिय प्रतियोगीताहरुमा सहभागी जनाएर पुरस्कार जितिसकेकी छन्।

प्रकाशित मिति: : 2021-09-05 11:55:00

प्रतिकृया दिनुहोस्