तालिबानको पुनरोदय र भूराजनीतिक उल्झन

अनलाइनखबर

डा. रूपक सापकोटा

अमेरिका र उसका साझेदारहरूको लज्जास्पद बहिर्गमनसँगै अफगानिस्तानमा राजनीतिक अस्थिरता र सुरक्षा शून्यताको स्थिति पैदा भएको छ। अहिले अफगानिस्तानमा विद्यमान राजनीतिक अस्थिरता र सुरक्षा शून्यतालाई अर्को कुन शक्तिराष्ट्रले परिपूर्ति गर्ला भन्ने सर्वाधिक चासो देखिन्छ।

अफगानिस्तानमा अहिले देखिएको शक्ति शून्यताले विश्व-राजनीति, क्षेत्रीय एवं अफगानिस्तानको पेरीफेरीमा ठूलो भूराजनीतिमा फेरबदल ल्याएको छ। त्यसो त क्षेत्रीय संगठन सार्क सदस्यको नाताले नेपालमा पनि यसको प्रभाव अवश्य पर्नेछ। नेपालको परराष्ट्र नीतिमा, दुई वटा निकटतम छिमेकी, चीन र भारत र अन्य सबै सार्क मुलुकलाई विस्तारित छिमेकीको रूपमा हेरिंदै आएको छ।

यसरी हेर्दा, नेपालको विस्तारित छिमेकी अफगानिस्तानमा विकसित पछिल्लो परिघटनाले नेपाललाई सघन हिसाबले प्रभाव पार्ने देखिन्छ। नेपाल विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन एवं राष्ट्रिय सुरक्षामा यसले के कस्तो प्रभाव पार्छ भन्ने सम्बन्धमा नेपालमा पनि ठूलो चासो देखिन्छ।

प्रकाशित मिति: : 2021-09-07 11:14:00

प्रतिकृया दिनुहोस्