१५ रनमै कुशल भुर्तेल आउट

पपुवा न्युगिनीविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले पहिलो विकेट गुमाएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा १३५ रनको टार्गेट पाएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४६ रनमा पहिलो विकेट गुमाएको हो। 

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको छ। २८ बलमा २ चौका प्रहार गरेका कुशललाइ चाद सुपरले एलबिडब्लु आउट गरे। 

नेपालको तेस्रो ब्याटिङका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आएका छन्। यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अल आउट हुँदै १३४ रनमा समेटिएको थियो। 

पिएनजीका लेगा सियकाले सर्वाधिक ३० रन बनाए। उनले ३८ बलमा सो रन बनाएका थिए। यस्तै कार्लेस अमिनीले २३ रन बनाउँदा गाउदी टोकाले २२ रन बनाए। चाड सोपरले १७ रन बनाउँदा विकेट किपरसमेत रहेका किल्पिन डोरिगाले १४ रन बनाए भने सेसे बाउले १४ रन जोडेका थिए। 

पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। यस्तै कुशल मल्ल र डेब्यु खेलाडी बिक्रम सोबले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए भने एक रन आउट भएका थिए। 

१० ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चेका थिए। यस्तै डेब्यु गरेका तीव्र गतिका बलर बिक्रम सोबले ५ ओभर बलिङ गर्दा २० रन खर्चेर १ मेडन सहित २ विकेट लिए।  यता, कुशल मल्लले ७ ओभर बलिङ गर्दै २ विकेट लिएर १९ रन खर्चिदा १ मेडन राखे। ७ ओभर बलिङ गरेका सोमपालले ३७  रन खर्चेर १ विकेट लिएका थिए। 

प्रकाशित मिति: : 2021-09-07 15:13:00

प्रतिकृया दिनुहोस्