नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन्।
दक्षिण कोरियाको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगितका लागि नेपालबाट ११ जना खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ।
आआफ्नो प्रतिस्पर्धामा पहिलो भएका खेलाडीलाई छनोट गरिएको हो।
अब्सोल्युट तेक्वान्दो डोजाङका गुनमाया गुरुङ र सुभन गुरुङ र कोटेश्वरकी सन्ध्या लामा, गोदावरी इन्टरनेसनलकी रोशनी सिलवाल, नेपाल प्रहरीकी पार्वती गुरुङ, मूलपानीका भिजन तामाङ र मधुसूदन सापकोटा, गोदावरीका सृजल श्रेष्ठ, प्रहरीका कमल श्रेष्ठ, नेपालगंजका राजेन्द्रबहादुर आले र स्युचाटारका राम गोले छनोट भएका छन्।