दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पपुवा न्युगिनीसामु दुई सय ३४ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ। ओमानको मस्कटमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको हाे।
नेपाल निर्धारित ५० ओभरमा ३ बल अगावै २ सय ३३ रनमा अल आउट भयो। नेपाललका लागि रोहितकुमार पौडेलले उत्कृट ब्याटिङ गर्दै ८३ रन बनाए। उनले १ सय २३ बल खेल्दै २ चाैका र ३ छक्का प्रहार गरे।
त्यस्तै करन केसीले २६ बल खेल्दै ४२ रनकाे याेगदान गरे। ७० बल खेलेका ज्ञानेन्द्रले ३ चौका र २ छक्कासहित महत्त्वपूर्ण ४५ रन जोडेका थिए।
पपुवा नियुगिनीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिँदा नोर्मन भानुवा र कबुआ मोरेयाले २/२ विकेट लिए। यस्तै, चार्ल्स अमिनीले पनि एक विकेट लिए।