आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।
ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचकाे खेल आज मंगलबार अपराह्न सवा ४ बजे हुनेछ।
लिग–२ श्रंखलामा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। नेपालका युवा व्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपालले अमेरिकालाई पराजित गरेको हो।
त्यसअघि नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध भएको दुई मैत्रीपूर्ण एकदिवसीय शृंखला आफ्नो पक्षमा २/० ले पारेको थियो। ओमान नेपालविरुद्ध सहज जितको खोजीमा छ। ओमान यसअघिका १० खेलमा १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ।