नेपालमाथि ओमानकाे फराकिलाे जीत

Photo : Oman Football
Photo : Oman Football

ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ।

कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो।

ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे। यस्तै फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे।

नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक एक गोल फर्काए। 

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो।  

प्रकाशित मिति: : 2021-09-27 06:44:00

प्रतिकृया दिनुहोस्