थपिए ११५७ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा एक हजार १५७ कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ११३ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ६४ हजार ८४७ रहेको छ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १२३ जनाको निधन भइसकेको छ। 

प्रकाशित मिति: : 2021-09-29 17:44:00

प्रतिकृया दिनुहोस्