चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-20 क्रिकेटमा आज आइतबार दुई खेलहरु हुँदैछन्।
टियु क्रिकेट मैदानमा पहिलो खेलमा काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा भइरहेको छ। काठमाडौं र विराटनगरबीचको खेल बिहान ९स्३० बजे सुरु भएको हो।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ। काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ। प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले ४ खेलमा जित निकाल्न सकेको छैन।
यस्तै दोस्रो खेलमा ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स भिड्दै छन्। ललितपुर र चितवनबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ।
ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ। ललितपुर चौंथो स्थानमा रहेको छ। चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ।