काठमाडौंलाई विराटनगरको १०५ रनको लक्ष्य

फाइल तस्वीर
फाइल तस्वीर

एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–20 क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौं किङ्स इलेभनलाई  १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको हो।यसअघि निर्धारित समयमा टस हुन नसकेपछि खेल ८ ओभरमा झारिएको हो। राति परेको वर्षाको कारण मैदानको आउटफिल्ड ओसिलो भएपछि खेल ८ ओभरमा छोट्याइएको थियो।

विराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाए। अविजित रहेका अनिलले १६ बल खेल्दै २ चौका र ५ छक्का हिर्काएका थिए। यस्तै रायन पाठनले ३० रन बनाएका थिए। ११ बल खेलेका ओपनिङ ब्याटर रायनले २ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै यस्तै कप्तान करण केसीले १५ रन बनाए।

यता, टस जितेर बलिङ गरेको काठमाडौंको लागि गुल्शन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट लिए।

काठमाडौं प्रतियोगिताको दोस्रो जितको खोजिमा छ। उसले २ खेलबाट १ जित र १ हार व्यहोर्दै २ अंक जोडेको हो। यता, विराटनगर भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। ४ खेल खेलको विराटनगरको चारै खेलमा हार व्यहोर्दै अंक तालिकाको पुछारमा छ।  

प्रकाशित मिति: : 2021-10-03 12:50:00

प्रतिकृया दिनुहोस्