२ लाख घुससहित जलस्रोत तथा सिँचाइ विकास डिभिजनका सब-इञ्जिनियर पक्राउ

जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर २ लाख घुससहित पक्राउ परेका छन्। 

डिभिजन कार्यालयका सब-इञ्जिनियरलाई मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोट बस्ने दिपेन्द्रकुमार केसी छन्।

बुढानिलकण्ठ नगरपालिकास्थित खहरे खोला नियन्त्रणको लागि २० मिटर लम्बाइको कल्भर्ट निर्माणको ठेक्का सम्झौता भएको थियो। त्यो काम कसेर अन्तिम बिल भुक्तानी गर्न बसुन्धरास्थित कार्यालय जाँदा जाहेरवालासँग सब-इञ्जिनियर केसीले ठेक्का सम्झौता आठ प्रतिशतले दुई लाख रूपैयाँ माग गरेका थिए।

सो माग गरेको जाहेरीपछि अख्तियारबाट खटिएको टोलीले बसुन्धारास्थित कार्यालयबाट उनलाई घुस रकमसहित पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएकाे छ।

प्रकाशित मिति: : 2021-10-05 18:08:00

प्रतिकृया दिनुहोस्