भेरी नदीमा बेपत्ता रानाको शव भेटियो

गत बिहिबार सुर्खेतको गुर्भाकोट नगरपालिका-१० स्थित भेरी नदीमा बेपत्ता भएका प्रेमबहादुर रानाको शव भेटिएको छ।

रानाको शव शनिबार दिउँसो स्थानीयवासी र सशस्त्र प्रहरीको टोलीले फेला पारेको सशस्त्रका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। बिहीबार बेपत्ता भउको ठाउँबाट नजिकै रानाको शव भेटिएको थियो।

४४ वर्षीय रानाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वेरी  बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा ४ जना गोताखोर र सुरक्षा बेस घुमखरेबाट सशस्त्र प्रहरी निरीक्षकको  कमाण्डमा १३ जनाको टोली खटिएको थियो।

प्रकाशित मिति: : 2025-05-24 20:02:00

प्रतिकृया दिनुहोस्