नेपालमा पछिल्लो २४ घन्टामा ८०५ कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ६७२ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ८०५ जनामा संक्रमण पाइएको हो।
बिहीबार थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना छन्। ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० छन्।
पछिल्लो २४ घन्टामा ९११ जनाले संक्रमण जितेका छन्। यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ७३ हजार १४० रहेको छ।
नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ६ प्रतिशत रहेको छ। यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा आठजनाको ज्यान गएको छ।
अहिलेसम्म संक्रमणबाट ११ हजार २०० जनाको निधन भइसकेको छ। हाल देशभर ३२९ जना सघन उपचार कक्ष (आईसीयू), ११२ जना भेन्टिलेटर, १४ हजार ७२८ जना होम आइसोलेसन, एक हजार २१४ जना संस्थागत आइसोलेसन र २४२ जना क्वारेन्टिनमा छन्।