बागमती प्रदेशमा सार्वजनिक भाडा कायम

File photo
File photo

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ। 

प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ। 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडादरअनुसार काठमाडौँ उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किमी दूरीसम्मको भाडा रु १८ कायम गरिएको छ। 

दश किमीसम्मको रु २३, १५ किमीसम्मको रु २७, २० किमीसम्मको रु ३० र २० किमीभन्दा माथिको रु ३५ कायम गरिएको बताइएको छ। 

त्यस्तै भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म रु पाँचका दरले सरसामान वा गुन्टा साथमा लैजाने पाउने कायम गरेको जनाइएको छ। मन्त्रालयका सचिव अशोक शाहद्वारा जारी विज्ञप्तिमा उक्त भाडादर यही कात्तिक १ गतेदेखि लागू हुने बताइएको छ। 

प्रकाशित मिति: : 2021-10-07 20:15:00

प्रतिकृया दिनुहोस्