रुखमा डेरा बनाएर पढ्ने धनकुमारलाई आर्थिक सहयोग

Photo : NK
Photo : NK

रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चामा आएका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका धनकुमार मगरलाई दक्षिणकोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन्।

महामारीका कारण विद्यालयले भौतिक उपस्थितमा कक्षा सन्चालन बन्द गरेको थियो। उनको घरमा टेलिकमको डाटाबाट इन्टरनेट नचल्ने भएपछि घरछेउको रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए। यस्तो कारुणीक दृश्य सञ्चारमाध्यममा आएपछि कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका हुन्। धनकुमार स्थानी सरस्वती माबि अर्खौलेमा १० कक्षामा अध्ययनरत छन्। उनलाई खोटाङ सेवा समाज दक्षिण कोरियाले २० हजार आर्थिक सहयोग गरेको हो।

सरस्वती मावि अर्खौलेका पुर्व विद्यार्थी तथा खोटाङ सेवा समाज दक्षिण कोरियाका महासचिव नविन राईको अगुवाईमा धनबहादुरका लागि आर्थिक सहयोग जुटाइएको हो। दक्षिण कोरियाबाट जुटेको रकम सरस्वती माविका व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार श्रेष्ठले धनबहादुरका आमा गोमा मगरलाई हस्तान्तरण गरेका हुन्।

सरस्वती माविका पुर्व विद्यार्थी प्रमोद श्रेष्ठको समन्वयमा खोटाङ सेवा समाज दक्षिण कोरियाबाट १० हजार, समाजका महासचिव राईबाट पाँच हजार, चित्र घलेबाट तीन हजार पाँच सय र अनुप चाम्लिङबाट एक हजार पाँच सय सहयोग जुटेको छ। 

प्रकाशित मिति: : 2021-10-08 13:42:00

प्रतिकृया दिनुहोस्