प्रधानमन्त्री देउवा आज पोखरा आउँदै, यस्तो छ व्यस्त 'सेड्युल'

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवा गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आज बिहान पोखरा आउँदैछन्।

उनी बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी दिएको छ। पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम छन्। 

दिउँसो ३ बजे पोखरा-१७ मा चियापान एवं अन्य कार्यक्रममा सहभागी हुनेछन् भने अपराह्न ५ बजेपछि राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन्।

देउवा आइतबार पोखरामै बस्नेछन्। सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: : 2021-10-10 07:38:00

प्रतिकृया दिनुहोस्