प्रदेश नं १ मा घट्यो कोरोना सङ्क्रमण दर

Symbolic photo
Symbolic photo

पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको पाइएको छ। 

सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जना गरी कूल ११० जनाको रिपोर्ट पोजेटिभ आएको छ।

झापा, मोरङ र सुनसरीमा क्रमश : ४७, ३२ र १५ जना तथा धनकुटा र तेह्रथुममा दुई/दुई, इलाममा एक र प्रदेश  बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो। 

प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-10-10 19:02:00

प्रतिकृया दिनुहोस्