भैंसी चोरेको आरोपमा प्रहरी हिरासतमा रहेका थुनुवा रानाको मृत्यु

Symbolic photo
Symbolic photo

कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ।

भैंसी चोरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका-३ वेतान बस्ने ३५ वर्षीय धनबहादुर रानाको हिरासतभित्रै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले रानालाई हिरासतभित्र रहेको शौचालयमा झुण्डिएकाे अवस्थामा फेला परेको बताए।

शौचालयको भेन्टिलेसनको जाली च्यातेर झ्यालको सरियामा गञ्जीको डोरी बनाई रानाले आत्महत्या गरेको प्रहरी नायव उपरिक्षक विष्टले बताए।

मृतक रानालाई कैलालीको जानकरी गाउँपालिका-१ का पुलराम थारुको भैंसी चोरेको आरोपमा आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-11 12:21:00

प्रतिकृया दिनुहोस्