पछिल्लो २४ घण्टामा देशभर थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३ हजार ६ सय ७१ पीसीआर तथा १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसंगै हाल देशभर १४ हजार २६७ सक्रिय संक्रमित रहेका छन्। बुधबार कोरोना संक्रमणबाट ६०९ जना मुक्त भएका छन्।
त्यसैगरी २४ घण्टामा चार जना संक्रमितको मृत्यु भएको छ। यसगरी हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ पुगेको छ। ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १४ हजार २६७ सक्रिय संक्रमित रहेका छन्।