नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३ हजार ४ सय १८ पीसीआर परीक्षण गर्दा ३९८ जना र २ हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ६९ पुगेको छ।
बिहीबार ८०४ जना कोरोना संक्रमणमुक्त भएसंगै हाल देशभर १३ हजार ८५३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।