आज अक्टोबर १५ अर्थात् विश्व हातधुने दिवस। स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ १५ अक्टोबर २००८देखि संसारभर विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो। अरुकोको ज्यान बचानुहोस्–आफ्नो हात धुनुहोस् भन्ने मूल नाराका साथ यस वर्षको विश्व हातधुने दिवस मनाइँदै छ।
अझ कोरोना भाइसरको रोकथाम तथा सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले पनि हातधुने बानीको विकास गर्न सबैलाई आग्रहसमेत गरेको छ। साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट मात्र जोगाउँदैन अनावस्यक अस्पतालको खर्चसमेत बचाउँछ। विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग र संक्रमण फैलने गरेको र त्यसैको कारण लाखौंको मृत्युसमेत हुने गरेको छ।
झाडापखला फैलनुको मुख्य कारणको रुपमा हात सफा नहुनुलाई नै मानिन्छ। विश्वभर वर्षेनी लाखौं बालबालिकाको मृत्यु यही झाडापखालाकै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाउँछ। हरेक ३ जना बालबालिकामध्ये एकमा झाडापखालाको संक्रमण हुने गरेको तथ्याङ्क छ।
दिगो विकासको छैठौं लक्ष्यमा पनि स्वच्छ खानेपानी र सरसफाईको विषय उल्लेख गरिएको छ। जसमा सरसफाई अन्तर्गत हातधुने बानी पनि एउटा महत्वपूर्ण पाटो हो।
हात धुने बानीको विकास गर्नसके वर्षेनी मृत्यु हुने बालबालिकाको यो संख्यालाई हटाउन सकिन्छ। राम्रोसँग हात धोएमा मात्र झाडापखाला जस्ता ४० र श्वास–प्रश्वाससम्बन्धी २३ प्रतिशत रोग नलनग्ने विभिन्न स्वास्थ्यसम्बन्धी प्रतिवेदनहरूले देखाएको छ।
कसरी धुने हात ?
कुन कुन बेला हात धुनुपर्छ ?
यी सामान्य अवस्था भएपनि पटक–पटक हात धुने बानी बसाल्नु नै राम्रो हुन्छ।