डोल्पाकाे अनाैठाे दसैँ: टीका लगाउन आफ्नै साईत, रातिदेखि मात्रै जमरा निकालिने (भिडियाे)

आज रातिदेखि मात्रै टीका लगाउन सुरू हुने

Breaknlinks
Breaknlinks

डोल्पामा दसैँको टीका,जमरा आफ्नै साइतमा लगाउने गरिन्छ। देशभर ज्याेतिषकाे साइत अनुसार मात्र दसैँको टीका लगाए पनि डोल्पामा भने आफ्नै साइतमा लगाउने प्रचलन रहेकाे छ। 

जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं.१ मा पर्ने त्रिपुराकोटमा परापूर्वकाल देखिनै ज्याततिषकाे साइत अनुसार टीका नलगाएर आफ्नै साइतमा टीका, जमरा लगाउने प्रचलन छ।

नेपालकाे प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा औँशीदेखि सुरु भएको नवरात्रीको पूजा आरधना शुक्लदशमीको दिनको बेलुकीमात्र सकिने भएकाले आज रातिदेखि मात्रै दसैँको टीका लगाउन सुरु गरिने पुजारी देबीकृष्ण उपाध्यायले बिएल् नेपाली सेवालाई बताए। 

'त्रिपुराकोटमा अनौठो प्रचलन छ, देशैभर त्यााेतिषकाे साइत अनुसार टीका, जमरा लगाइन्छ, त्रिपुराकोटमा भने आराध्यदेवीको पूजापछि आज राति मात्रै टीका लगाउन सुरु हुन्छ,' उपाध्यायले भने।

'त्रिपुराकोटका स्थानीयले विहानै जमरा मौलेर देवीलाई चढाउन मन्दिरमा लैजाने गर्छन्, त्यसपछि मध्यान्न (दिउसो)को पूजा गर्छन। पुजा लागि विभिन्न गाउँबाट आएका पुजारी र ब्रामणहरुले एक अर्का बीच टीका लगाएर शुभकामना आदान–प्रदान गर्नुको साथै दसैँको पूजा विधिवत रुपमा बिसर्जन गरिसकेपछि बेलुकी  घर–घरमा टिका लगाउन सुरु गरिन्छ' उपाध्यायले भने।

त्रिपुराकोट बाहेक जिल्लाका दुनै लिकु, पहाडा, रह, काइगउँ, कालिका जुफाल, माझफाल लगायतका अन्य ठाउँमा भने ज्याेतिषकाे साइत् अनुसार टीका लगाउने प्रचलन रहेकाे छ।

आफ्नै साइतमा टीका, जमरा लगाउने यो प्रचलन नेपालमै नयाँ भएको पुजारीले बताए।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज (शुक्रबार) विहान १० बजेर २ मिनेटमा  टीका, जमरा लगाउने उत्तम साइत तोकिएको छ। त्रिपुरासुन्दरी मन्दिरमा नवरात्री अवधिभर पूजा गर्नका लागि जिल्लाका विभिन्न गाउँहरुबाट ब्रामण तथा भक्तजनहरु आउने गर्दछन्। देवीको पूजा व्यवस्थापनका लागि ब्रामण,निसानी, छडिदार, फुलारा, दमाइ र कुलाललाई आ–आफ्नै जिम्मेवारी तोकिएको हुन्छ।

ब्रामणको काम पूजा गर्ने, निसानीको निसान बोक्ने, छडिदारको राँगा बोका काट्ने, फूलाराको देवीको फूलको डोला बोक्ने, दमाइको बाजा बजाउने र कुलालको रागाँबली काट्नका लागि बावियोका डोरी बाँध्ने र सार्कीको काम नयाँ लिङ्गा फर्न सघाउने र सरसफाई गर्ने जिम्मेवारी तोकिएको हुन्छ।

त्रिपुरासुन्दरी मन्दिरमा दसैँको अन्तिम दिनको पूजा–पाठ सम्पन्न गरेर मन्दिर र प्रत्येक घर–घरमा सप्तमीका दिन भित्र्याइएकाे फूलपाती खाेलमा लगेर विधिवत विसर्जन गरेपछि मात्रै दसैँ सम्मपन्न हुने गर्छ।

प्रकाशित मिति: : 2021-10-15 16:09:00

प्रतिकृया दिनुहोस्