अनुगमनमा निस्किएका सांसद शाहीलाई स्थानीयले भने: मन्त्री बनेर गाउँकाे मुहार फेर्नुहाेस्

कर्णाली प्रदेश सभा सदस्य बीरबहादुर शाहीलाई निर्वाचन क्षेत्रका जनताले मन्त्री भएको देख्ने इच्छा भएकाे अभिव्यति  दिएका छन्। विकास योजना अनुगमन तथा जनताका समस्या बुझ्न निर्वाचन क्षेत्रमा पुगेका सांसद शाहीलाई जनताले यस्तो इच्छा व्यक्त गरेका हुन्। 

जनता सँगको साक्षात्कारका क्रममा अधिकाशं नागरिकले गाउँ ठाउँको समग्र पक्षमा विकासको मुहार फेर्न एकपटक मन्त्री बन्नुपर्ने इच्छा व्यक्त गरेको सांसद शाहीले बताए।

जनताले गरेको इच्छाको प्रतिउत्तरमा आफूले यो प्रस्ताव पार्टीसँग राख्ने बताएको जानकारी दिए।

'बास्तवमा सांसद भएरमात्रै जनताका हरेक माग र विकासमा कायापलट गर्न नसक्ने कुरा सत्यनै हो, गाउँ घरमा जनताका अनेक समस्या छन्,सबै समस्या चाहेर पनि पुरा गर्न सकिएको छैन्, जनताको इच्छा जायज छ, पार्टीसँग कुरा राख्छु, यदि सरकार हेरफेर भएर पार्टीले शिफारीस गरे त्यो दिन टाढा छैन्', उनले भने।

घरदैलो अभियानका क्रममा प्रत्येक नागरिकसँग बसेर छलफल गर्नुका साथै आफ्नो प्रत्यक्ष पहलमा पारेका विकास निर्माण योजना र निर्वाचन क्षेत्र विकास कोषबाट दिएको विकासको पनि अनुगमन गरेको उनले बताए।

'अभियानका क्रममा जनता समस्या पिरमर्का नजिकबाट चिनियो, समाधानका गर्न आवाश्यक रणनिति तय भएको छ',उनले भने।

सांसद शाही जिल्लाबाट निर्वाचित जनप्रतिनिधि मध्ये सबैभन्दा धेरै पटक निर्वाचन क्षेत्रमा पुग्ने जनताका हरेक समस्या बुझ्ने र जनताका समाधान गर्न दत्तचित्त भएर लाग्ने जनप्रतिनिधिभित्र पर्दछन्।

प्रकाशित मिति: : 2021-10-18 08:09:00

प्रतिकृया दिनुहोस्