हामीले विभिन्न रहस्यहरुबारे सुन्दै वा देख्दै आइरहेका छौँ। त्यसैमध्येको एउटा रहस्य हो–‘दृष्टीविहिनको गाउँ’ जहाँ दृष्टिविहीन छन्।
सुन्दा अच्चम लाग्ला तर यो साचोँ कुरा हो। जहाँ मानिसदेखि जनावरसम्म नै आँखा देख्दैनन्।
उक्त गाउँ मेक्सिकोस्थित टिल्टेपक हो। सो गाउँमा जेपोटेक समुदायका जनजातिहरू बस्छन्।
बच्चा जन्मिदा आखाँ देख्ने भएता पनि केही दिनमै उनीहरु दृष्टिविहीन हुन्छन्। आफनो आखाँ गुम्नुका कारण उनीहरु एक किसिमको रुख् बताउँछन्।
उनीहरुका अनुसार सो ठाउँमा लावजुयला नामक एक रहस्यमयी रुख छ, जसलाई देख्नासाथ मानिस र पशुपंक्षी सबैको दृष्टी गुम्छ।
यद्यपी, वैज्ञानिकहरु यस तर्कमा सहमत छैनन्। उनीहरुका अनुसार यहाँ एक खतरनाक विषालु किरा छ, जसकारण यस्तो भइरहेको छ। किराले टोकेर आखाँको ज्योती जाने उनीहरुको भनाई छ।
सबै दृष्टिविहिन भएको सो गाउँमा झन्डै ७० झुपडी छन्, जसमा झन्डै ३ सयको जनसंख्या बस्छ।